Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उत्तर कोरियामा ११ दिन हाँस्न प्रतिबन्ध

tribeni2

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ ।

उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ ।

यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रूपमा रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । यसपालि पूर्व नेता किम जाेङ्ग इलकाे १० औँ पुण्यतिथि परेकाेले ११ दिनसम्म शाेक मनाउन लागिएकाे हाे ।

सामान्यतया प्रत्येक वर्ष १० दिने शाेक अवधि मनाइन्छ । १७ वर्ष उत्तर कोरियामा शासन गर्नुभएका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्