Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री काँग्रेसको सहमहामन्त्रीमा पराजित

tribeni2

सुर्खेत / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको उमेदवार रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित हुनुभएको छ ।

महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा चुनाव लड्नुभएका मुख्यमन्त्री शाहीले बद्री पाण्डेसँग चुनाव हार्नुभएको हो । बाजुराका पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई तीन सय २२ मत अन्तरले पराजित गर्नुभएको छ । पाण्डेले दुई हजार चार सय ११ र शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गर्नुभएको बताईएको छ ।

सहमहामन्त्रीका अर्का उम्मेदवार चेतराज बरालले ९९ मत प्राप्त गर्नुभएको छ भने ५२ मत बदर भएका छन्। सहमहामन्त्रीमा विजयी पाण्डे शेखर कोइरालाको समूहबाट चुनाव लड्नुभएको हो भने शाही सभापति शेरबहादुर देउवाको समूहबाट चुनाव लड्नुभएको हो ।

यसअघि रक्षामन्त्री मिनेन्द्र रिजालले महामन्त्रीमा हारेपछि नैतिकताको आधारमा मन्त्रीपदबाट राजीनामा दिनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्