Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको 'रहस्यमय' मृत्यु

tribeni2

जुम्ला / कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक नर्सको रहस्यमय मृत्यु भएको छ । जुम्लाको सिटिजन बैंक शाखाको बाथरुममा नुहाउदै गर्दा बेहोस नर्सको मुत्यु भएको हो ।

कोहलपुर उपमहानगर नगरपालिका ११ की २६ वर्षीय अनुपमा श्रेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक श्रेष्ठ बिहिबार दिउँसो सिटिजन बैंकको बाथरुममा नुहाउन गएको जनाईएको छ ।

बाथरुममा नुहाउन गएकी अनुपमा बेहोस भएको भन्दै सिटिजन बैंकका कर्मचारीले प्रतिष्ठानमा उपचारका लागि लिएका थिए । बेहास भएकी श्रेष्ठलाई प्रतिष्ठानको आइसियूमा राखिएका थियो ।

२४ घण्टा आइसियूमा राख्दा पनि होस नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ मृत्यु भएको घोषणा गरेको हो । मृतक श्रेष्ठका आमा बुबाले छोरीको मृत्यु शंकास्पद तथा रहस्यमय भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले घटनाको अनुसन्धान अगाडि बढाउने बताउनुभयो । मृतकका आफन्तको जाहेरी अनुसार, प्रहरीले अनुसन्धन बढाउने चन्दले जनाउनुभयो ।

सिटिजन बैंकका म्यानेजर महेश शाहीले मृतक नर्स साथीको बहिनी भएकाले आफ्नो बैंकमा नुहाउन आएको बताउनुभएको छ । बैंक स्टाफ अफिसकै कामकाजमा व्यस्त भएको र बाथरुममा आएर बेहोस भएको थाहा भएपछि प्रतिष्ठान लगिएको हो बैकले प्रतिक्रिया दिएको छ ।

बैैंकका कर्मचारी बाथरुम जाँदा ढोका बन्द अवस्थामा रहेको र ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा देखेपछि उपचार गर्न लगेको सिटिजन बैंकका म्यानेजर शाहीको भनाइ छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्