Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा 'एक वडा एक खेलमैदान' निर्माण हुँदै

tribeni2
  • गोपालसिं खड्का

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १२ मा खेलमैदान निर्माणको काम तिव्र बनाईएको छ । निर्माणधिन खेलमैदान अनुगमनको क्रममा चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले एक वडा एक खेल मैदान निर्माण गर्न थालिएको बताउनुभयो ।

उहाँले निर्माणको कार्यलाई तीव्रता दिन समेत निर्देशन दिनुभयो । भौगोलिक विकटता वाहेक नगरका सवै वडाहरुमा खेलमैदान निर्माण कार्य तीव्रगतिमा सम्पन्न गर्न निर्माण समितिलाई प्रमुख शर्माले निर्देशन दिनुभएको छ ।

नगरपालिकाको आर्थिक लगानीमा गएको मंसिर २७ गते देखि निर्माण कार्य सुरु गरिएको उक्त खेलमैदान निर्माण कार्य पौष अन्तिम साता सम्ममा सम्पन्न हुने समितिले जनाएको छ ।

नगरका वडा नम्वर ६ खागल, वडा नम्वर ११ नेप्टेकाँडा, भालुगोरे , वडा नम्वर १२ सानाखोला र वडा नम्वर १४ नुवाकोटका वडालाई लक्षित गरी उक्त खेलमैदान निर्माण गर्न लागिएको हो ।

एक सय मिटर लम्वाई र एक सय ४० मिटर चौडाई रहेको खेल मैदान करिव २५ लाख वरावरको लगानीमा सम्पन्न हुने अनुमान गरीएको छ । निर्माणाधिन खेलमैदानको आज नगर प्रमुख विशाल शर्मा, प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुंगाना, ईन्जिनियर यज्ञ कार्की लगाएतको टिमले अनुगमन गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्