राष्ट्रिय शिक्षक संगठन सल्यानको अध्यक्षमा बिन्दुर केसी चयन

सल्यान / नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको १० औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न अधिवेशनबाट बिन्दुर के.सी.को अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

नव गठित कमिटीको उपाध्यक्षमा टेकम कुमारी शर्मा र भोला पुन, सचिवमा लोक बहादुर बुढा, सहसचिवमा लक्ष्मी गिरी र कोषाध्यक्षमा प्रताप चन्द चयन हुनुभएको छ ।

अधिवेशनले ३ जनलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा छनौट गरेको छ ।

अकबर पुन, किशोर कुमार हमाल र हिमा डाँगीलाई महाधिवेशन प्रतिनिधिको रुपमा छनौट गरिएको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०७:१२
प्रतिक्रिया दिनुहोस्