Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकीकृत घुम्ती शिविर सम्पन्न

tribeni2

रुकुम पश्चिम / मुसिकाेट नगरपालिका वडा नम्बर ९ मा एकीकृत घुम्ती शिबिर सप्पन्न भएको छ ।

सम्पुर्ण वडा बासिहरुलाइ घर आगन बाटै सेवा प्रबाह गर्ने उद्देश्यका साथ उक्त घुम्ती शिबिर सुचारु गरिएको हो । वडाको पाँच स्थानलाइ केन्द्रबिन्दु मानी मङ्सिर २८ गते कामिगाउ टोलबाट सुरु भएको शिबिर पुस ४ गते सम्म सन्चालन भएको थियो ।
 
वडा अध्यक्ष नविन अाेलीका अनुसार शिबिर बाट जम्मा २ सय २० जना जग्गा धनिहरुले मालपाेत कर तथा तिरो बुझाएका छन । जस बाट १ लाख १२ हजार ७०० रुपैयाँ राजश्व सङकलन भएको छ । २ सय ७१ जनाको निशुल्क स्वास्थ्य चेकजाच तथा निशुल्क औसधि वितरण गरिएको छ । यसैगरी ३ वटा बहर र ३२ वटा बोकाहरुको बन्ध्याकरण गर्नुका साथै १ सय ८१ घरधुरिका २७५६ वटा पसुचौपायहरुको लागि निशुल्क औसधि वितरण गरिएको छ ।
 
उक्त शिविरबाट वडाका ६ सय ७२ जना वडाबासीहरुले घरदैलोबाटै सेवा प्राप्त गरेका छन । 
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्