Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाका किसानको स्याउ र ओखर खेतीप्रति आकर्षण

साढे ६ हजार स्याउ र दुई हजार बढि ओखरका बिरुवा माग
२०७८ पुस ५
tribeni2

रुकुम पूर्व / जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाका किसानहरु स्याउ र ओखर खेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानहरुले यस वर्ष साढे ६ हजार बोट स्याउ र दुई हजार बोट ओखरका बिरुवा माग गरेका छन् ।

स्याउ र ओेखर खेतीबाट राम्रो आम्दानी हुनेभएपछि पुथाउत्तरगंगाका किसानले स्याउ र ओखर खेतीतर्फ आकर्षण बढाएका हुन् । यो वर्ष आवश्यक पर्ने विरुवाका लागि गाउँपालिकाले किसानहरुबाट माग संकलन गर्दा स्याउको विरुवा ६ हजार पाँच सय र टर्की ओखरको विरुवा दुई हजार तीन सय वटा माग भएको गाउँपालिका कृषि शाखाका प्रमुख ओमप्रकाश ओलीले बताउनुभयो । 

किसानलाई आवश्यक पर्ने विरुवाको माग संकलन भइसकेकोले अब विरुवा खरिद गर्ने तयारी भइरहेको कृषि शाखाका प्रमुख ओलीले जानकारी दिनुभयो । पुस १५ देखि माघ १५ गतेको आसपास ओखर र स्याउका बिरुवा रोप्ने उपयुक्त सयम हुने उहाँको भनाई छ ।

स्याउको विरुवाको लागि ७५ प्रतिशत गाउँपालिकाको अनुदान दिनेछ भने किसानले २५ प्रतिशत मूल्य व्यहोर्नु पर्नेछ । टर्की ओखरका लागि भने गाउँपालिकाको ४०, ओखर जोन कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने र किसानले १० प्रतिशत मात्र व्यहोर्नु पर्ने गरी छलफल भइरहेको कृषि शाखा प्रमुख ओलीले बताउनुभयो ।

प्रत्येक वर्ष गाउँपालिकाले किसानहरुलाई स्याउ र ओखरका विरुवा अनुदानमा खरिद गरी वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्