Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पुर्वमा एक महिलाको शव फेला

२०७८ पुस ७
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वको सिस्ने गाउँपालिका ५ मा एक महिलाको शव फेला परेको छ । बुधबार सिस्ने गाउँपालिका ५ रुकुमकोटकी २९ वर्षीया सुफिया शाहको शव भेटिएको प्रहरीले जनाएकाे छ ।

स्थानीय कारागाउँ नजिकको थोतेगैरा भन्ने ठाउँमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले लामो समय देखि मानसिक रोगबाट ग्रसित शाहकाे लडेर ज्यान गएकाे हुनसक्ने जानकारी दिनुभयो ।

शाह पुस १ गते घरबाट हराएको परिवारले बताएको छ । घरबाट हराए देखि नै उनको खोजी कार्य जारी थियो।

४ दिनसम्म परिवार आफैले खोजेको र फेला नपारेपछि पुस ४ गत्ते जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन परेको थियो । घटनाको अनुसन्धान भने सुरु भैसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्