Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ओरेकको कामको नगरपालिकाद्वारा अनुगमन

tribeni2

रुकुम पश्चिम / महिला पुनस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा गरेको कामहरुको अनुगमन गरिएको छ । बुधबार मुसिकोट नगरपालिकाको वडा नम्वर ८ मा नगरपालिकाले ओरेकले गरेका गतिविधिको अनुगमन हो ।

नगर प्रमुख देविलाल गौतमको नेतृत्वमा रहेको अनुगमन टोलीले नगरपालिकाको ८ नम्बर वडामा रहेको मनोबिमर्श केन्द्र र प्लास्टिक टनेलको अनुगमन गर्नुका साथै महिला समूहसँग भेटघाट तथा छलफल गरेको छ ।

त्यसैगरि सोहि अनुगमनका क्रममा ओरेकले द्वन्द प्रभावित, हिंसा प्रभावित र बिपन्न महिलालाई बीउ पुँजी सहयोग गरेको छ ।

अनुगमन टोलीमा नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनार, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, वडा नम्बर ८ का अध्यक्ष बुद्धि प्रसाद बुढा, ओरेकका जिल्ला संयोजक दिपा धिताल, कार्यक्रम सुपभाइजर करुणा रेग्मी लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरि बीउ पुँजी सहयोग कार्यक्रममा ३ समुहका ५० भन्दा बढि महिलाहरुको सहभागिता रहेको ओरेकका जिल्ला संयोजक दिपा धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्