Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल क्रान्तिकारीले बुझायो कर्णालिका दश सिडियोलाई ज्ञापनपत्र

tribeni2

रुकुम पश्चिम / बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिहिवार कर्णाली प्रदेशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

सरकारले सार्वजनिक यातायातको भाडामा बिद्यार्थी, जेष्ठ नगरिक तथा अपांगता भएका नागरिकलाई भाडा दरमा कानुनी रुपमा सहुलियत नदिएको लगायत ५ बुदे माग सहित ज्ञापनपत्र बुझाएको संगठनका कर्णाली प्रदेश इन्चार्ज प्रेम शाहीले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा नेपाल सरकार र सयुक्त विद्यार्थी संठन बिच भएको सहमतिलाई तत्काल कार्यान्वयन गरि यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत भाडादर छुट तत्काल निर्धारण गरि कार्यान्वयन गर्न माग गरिएको छ ।

त्यसैगरी गुणस्तरहिन र मापदण्ड नाघेका यातायात साधनको तत्काल अनुगमन गरि त्यस्ता साधन संचालनमा रोक लगाईनुपर्ने, यातायातमा हुने दुर्घटनालाई रोक्न तत्काल सडकको बैज्ञानिक स्तरबाट अध्ययन गरि सडक निर्माण तथा मर्मत गरिनुपर्ने, प्रत्येक जिल्लाभित्र रहेका मुख्य सार्वजनिक स्थानहरु व्यबस्थित र मर्यादित बनाउन सम्बन्धित निकायले बिशेष जोड दिनुपर्ने माग राखिएको संगठनका रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहराले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा छात्राको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न सम्बन्धि निकायले पहल गरिनुपर्ने माग समेत राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्