Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कार आरोपमा वकिल पक्राउ

tribeni2

रुकुम पश्चिम / एक महिलालाई बलात्कार गरेको आरोपमा रुकुम प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको बनगाड गाउँपालिका वडा नम्बर ४ का ३० बर्षका वकिल रोकायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ कि एक महिलालाई रोकायले जबरजस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रोकायले बिवाह गर्ने प्रलोभन देखाई गत कार्तिक महिनामा ति महिलालाई बलात्कार गरेको जनाईएको छ । रोकाय विरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाईने प्रहरीले उल्लेख गरेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्