Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आरआरमा शिक्षक कुट्ने जेठारा क्याम्पसबाट निष्कासित

tribeni2

काठमाण्डाै / चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डाैकाे आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।

गएकाे मङ्गलवार परीक्षामा चिट चाेर्न नदिएकाे भन्दै स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएकाे थियाे । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएकाे जनाएकाे हाे । 

क्याम्पस प्रशासनले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि साङ्घातिक आक्रमण गरेकाे र क्याम्पसकाे शैक्षिक वातावरणमा खलल पुर्‍याएकाे विषयमाथि क्याम्पस प्रशासनकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएकाे र कानुनी कारबाही अगाडि बढिसकेकाे छ ।’

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्