Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

संकट व्यवस्थापन केन्द्रबाट ३८ जना हिंसा पीडितलाई सेवा

घरेलु हिंसा, यौन दुर्व्यवहार, कुटपिटबाट प्रभावितहरुले सेवा लिए
२०७८ पुस ८
tribeni2

रुकुम पूर्व / गत बर्षबाट जिल्लामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट ३८ जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् ।

गएको वर्षमा २२ जना र चालु आर्थिक वर्ष अहिलेसम्मको अवधिमा १६ जना लैङ्गिक हिंसा पीडितले ओसीएमसीमार्फत सेवा लिएको रुकुम पूर्व अस्पतालका डिल्ली केसीले जानकारी दिनुभयो । सेवा लिनेहरुमा घरेलु हिंसा, यौन दुर्व्यवहार, कुटपिटबाट प्रभावितहरु छन् ।

संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (यूएनएफपीए)को आर्थिक तथा प्राविधिक सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र रुकुम पूर्व अस्पतालको आयोजनामा छिप्रीदहमा आयोजना गरिएको अस्पतालमा आधारीत लैङ्गिक हिंसा व्यवस्थापन सम्बन्धिको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

ओसीएमसीको सेवालाई प्रभावकारी बनाउनको लागि अस्पतालले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा ओसीएमसीका क्षेत्र, सेवा पाउने प्रक्रियाबारे सहभागीहरुलाई जानकारी गराइएको छ ।

अभिमुखीकरण कार्यक्रमको सहजिकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका सहजकर्ता सुर्य पौडेलले गर्नुभएको थियो । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको प्रमुख आथित्यता र प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाको विशेष आतीथ्यता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्