Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनार्दन शर्माले भने - 'म महासचिवको लागि योग्य छु'

संगठन विभागको प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाउनु स्वभाविक रहेको उल्लेख
tribeni2

काठमाडौ / नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थ मन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले विश्वास गरेमा आफू महासचिवका लागि योग्य रहेको बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले आफू अहिले संगठन विभागको प्रमुख भएकाले कार्यकारी पदमा काम गर्न खोज्नु स्वाभाविक रहेको उल्लेख गर्नुभयो । यद्यपि आफूले चाहेर भन्दा पनि पार्टीले चाहेमा मात्रै यो पूरा हुने उहाँको भनाइ छ।

'म अहिले संगठन विभागको प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाए हुन्थ्यो भन्ने मेरो चाहना होला तर मेरो चाहनाले मात्रै निर्धारण गर्दैन,' उहाँले भन्नुभयो, 'यो कार्यकर्ताको, प्रतिनिधिको चाहनाले निर्धारण गर्छ। आउने प्रतिनिधि अनि निर्वाचित केन्द्रीय कमिटीले जहाँ राख्छ म त्यहीँ बस्ने हो। मलाई त संगठनकै जिम्मा दिए हुन्थ्यो भन्ने लाग्छ।'

संगठनको जिम्मेवारी लिन सक्ने आफूजस्तै अन्य नेताहरू पनि भएको भन्दै उनले सबैकुरा आम कार्यकर्ताको निर्णयमा भरपर्ने बताउनुभयो।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्