Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सडक बनाउन हेलिकप्टरबाट डोजर ढुवानी

tribeni2

रुकुम पश्चिम / जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १ मा सडक निर्माण कार्यका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ ।

गाउँ बस्तीमा सडक पुर्‍याउने अभियान अन्तर्गत नगरपालिकाको वडा नम्वर १ चैतिखारामा सडक बनाउन हेलिकप्टर मार्फत डोजर ढुवानी गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्वर ३ खदिमा रहेको डोजर आज शुक्रबार दिनभरीमा वडा नम्वर १ मा पुर्‍याईसकिने नगरप्रमुख केसीले बताउनुभयो । जसको लागि बिहाबार नै हेलिकप्टर गोतमकोट पुगेर डोजरका सामाग्री ढुवानी सुरु गरेको हो ।

नगरपालिकाको वडा नम्वर १ मा रहेको साजेबगर – चैतिखारा – बारिंगे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिएको वडा नम्वर १ का वडा अध्यक्ष देवबहादुर घर्तिले बताउनुभयो । हिजो र आजमा डोजरका सबै सामाग्री ढुवानी गरिसक्ने र पिसपिस बनाएर ल्याएका सामाग्री जडान गरेर एक साता भित्रै सडक निर्माण कार्य सुरु गरिने वडा अध्यक्ष घर्तिले उल्लेख गर्नुभयो ।

आठबिसकोट नगरपालिका भित्र ३ सय किलोमिटर सडक संजाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

फोटोहरु : नगरप्रमुख गोर्खबहादुर केसीको फेसबुकबाट

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्