एमाले रुकुमको बैठकमा केन्द्रीय सदस्यलाई स्वागत

रुकुम पश्चिम / आठौ जिल्ला अधिवेशनको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी रुकुम पश्चिमको बैठक शुक्रबार सम्पन्न भएको छ। 

मुसिकोट नगरपालिका १ बागबजार स्थित पार्टी कार्यालयमा बसेको बैठकले आठौं जिल्ला अधिवेशन लागि अधिवेशन मुल आयोजक समिति, उपसमिति गठन गर्नुका साथै प्रतिनिधि छनौट मापदण्ड समेत तोकेको छ । यसका साथै जिल्ला अधिवेशन भव्य बनाउनका लागि विभिन्न निर्णय गरेको जिल्ला प्रचारप्रसार विभाग प्रमुख कर्ण ओलीले जानकारी दिनुभयो।

यस्तै बैठकका बिच पार्टीको १० औं महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्यलाई स्वागत पनि गरिएको छ ।  

पार्टीको पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रिय सदस्यहरु तिर्था गौतम र चन्द्रबहादुर बिकलाई स्वागत तथा बधाई ज्ञापन गरिएको शो । पार्टीका जिल्ला संयोजक टंक ओलिको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटी सदस्य नन्दराम देवकोटा, नारायण कुमार शाह, विद्यापती रिजालको समेत आतिथ्यता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्