सोसल मिडिया
सल्यान / समाजवादी प्रेस संगठन नेपाल सल्यानको अध्यक्षमा बुद्धि पुन चयन हुनुभएको छ ।
शुक्रबार सल्यान खलंगामा भएको एक भेलाले पुनको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल सल्यानको कमिटि चयन गरेको हो । संगठनको उपाध्यक्षमा बामदेव केसी र मेघा रेउले, सचिवमा खेमराज सुनार, सहसचिवमा गोबिन्द आचार्य र करेस्मा गिरी र कोषाध्यक्ष महेश कुमार वली चयन हुनुभएको छ ।
सदस्यहरुमा सुनिल वली, लिला कुमारी वली, सुरेन्द चन्द, धिरेन्द्र परियार, भवानी बुढाथोकी, राधिका कवर र अनुनिश्चल बिक चयन हुनुभएको उपाध्यक्ष मेघा रेउलेले जानकारी दिनुभयो ।