Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका सात विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न

२०७८ पुस १०
tribeni2

रुकुम पूर्व / जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जिल्लाका सात ओटा बिद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको तीनवटै गाउँपालिकाको विभिन्न सात ओटा विद्यालयमा पुगेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो ।

निर्वाचन शिक्षा कार्यक्रम हरेक वर्ष विभिन्न विद्यालयहरुमा सञ्चालन गरिदै आइएको छ । गत वर्ष यो कार्यक्रम नभएका विद्यालयमा यस वर्ष र यस वर्षमा कार्यक्रम नभएका विद्यालयमा अर्को वर्ष कार्यक्रम सञ्चालन गर्नेगरि तालिका बनाइएको निर्वाचन अधिकारी ओलीले जानकारी दिनुभयो ।

यस वर्ष जनता मावि पोखरासँगै सिस्ने २ मा रहेको मावि नायगाड, ७ मा रहेको मावि लम्पाकोट, भूमे गाउँपालिका ६ महतमा रहेको जनजागृती मावि, जनशक्ति मावि र पुथाउत्तरगंगा गाउँपालिकामा रहेको महेन्द्र मावि तकसेरा, जनसहयोग मावि रिबाङचौरमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

यी सबै विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई निर्वाचन शिक्षा कार्यक्रमभित्र रहेर लोकतन्त्र र निर्वाचन प्रक्रियाको विषयमा जानकारी गराइएको निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

निर्वाचन शिक्षा कार्यक्रमले विद्यार्थीलाई लोकतन्त्रका कुरासँगै निर्वाचन प्रणाली, प्रक्रियाको विषयमा जान्ने अवसर प्राप्त भएको छ । जिल्ला निर्वाचन कार्यालयका कर्मचारीसँगै प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाले विद्यालयमा पुगेर निर्वाचन शिक्षा कार्यक्रमको सहजिकरण गर्नुभएको हो ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्