चराको संरक्षणमा चासो 

सिरहा २६ फागुन 

भदैया नगरपालिका–१५ स्थित धार्मिक क्षेत्र खुदिभकारी मन्दिर क्षेत्रमा वषौदेखि बासस्थान बनाएका विभिन्न २६ प्रजातिका रैथाने चराचुरुङ्गीको संरक्षण हुन सकेको छैन । 

करीब ११ कट्ठा जङ्गल क्षेत्रमा अवस्थित सो मन्दिर क्षेत्रमा ११ दर्जनभन्दा बढी सय वर्षअघिको अग्ला सिमल रुख र केही मात्रामा जामुन अन्य प्रजातिका रुख छन् । सोही रुखहरुमा वर्षौदेखि रैथाने गरुड, डोकरलगायतका २६ प्रजातिका चराचुरुङ्गीले बासस्थान बनाउँदै आएका छन् । संरक्षण अभावमा सो क्षेत्रमा रैथाने डोकर प्रजातिका चरा मरेका भेटिन्छन् । 

भदैयाका शिक्षक बिष्णुदेव चौधरीले मन्दिर क्षेत्र परिसरमा जो कोही पनि प्रवेश गर्ने भएकाले विभिन्न प्रजातिका चराचुरुङ्गीको संरक्षण हुन नसकेको बताए ।


मन्दिर समितिले चराचुरुङ्गी संरक्षणका लागि हेरचाह गर्न घरैपिच्छे पालो लगाउने भएको छ । संरक्षणका लागि व्यबस्थापन समिति निर्माण गरिने र संरक्षण क्षेत्रमा चराचुरुङ्गी अवलोकनका लागि मात्र प्रवेश अनुमति दिइने छ । चराचुरुङ्गीलाई पानीका लागि तलाउ बनाउने योजना सामुदायको रहे पनि आर्थिक अभावका कारण योजना पूरा हुन नसकेको उनले बताए ।

मन्दिर समितिले चराचुरुङ्गीलाई असर पर्ने विषालु औषधि अन्नबाली र खेतबारीमा प्रयोग नगर्न स्थानीयवासीलाई सचेत गराएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्