एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती थिएन : प्रचण्ड

काठमाण्डौ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती नभएको बताउनुभएको छ ।

पार्टीको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई आज आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको महाधिवेशन कुनै एउटा दलको मात्रै चासोको विषय नभइ समग्र देशकै चासोको विषय भएको बताउनुभएको छ।

उहाँले सबै नेताले देश र नागरिकको जीवनलाई कसरी सकारात्मक परिवर्तन गर्ने भन्ने विषयमा माओवादी बोलेकाले खुसी लागेको बताउनुभएको छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने प्रचण्डको भनाइ छ । आफ्नो राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै आफ्नोबारेमा नै धेरै समीक्षा गर्ने भन्दै प्रचण्डले आफैँलाई चिरफार गर्ने, माओवादीलाई फेरि उठाउने र समाजवादी अभियानलाई अघि बढाएर नागरिक र देशको वृहत्तर हितका लागि अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्