Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चिसोबाट बिद्यार्थी जोगाउन निशुल्क पोशाक वितरण

tribeni2

रुकुम पश्चिम / अत्याधिक चिसो बढेपछि जिल्लाको एक बिद्यालयले आफ्नो बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई निशुल्क पोशाक उपलब्ध गराएको छ ।

आज मुसिकोट नगरपालिका १ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय कैलदेउले बिद्यार्थीहरुलाई निशुल्क रुपमा खेलकुद पोशाक बितरण गरेको छ ।

बिद्यालयको आन्तरिक श्रोतबाट खेलकुद पोशाक खरिद गरि बिद्यालयमा अध्ययनरत सबै वालवालिकालाई निशुल्क रुपमा बितरण गरिएको प्रधानाध्यापक दल बहादुर रेउलेले जानकारी दिनुभयो । बिद्यार्थीरुलाई खेलुकद प्रति आकर्षकण गर्न र चिसोबाट जोगाउन बिद्यालयले पोशाक उपलब्ध गराएको प्रधानाध्यापक रेउलेले बताउनुभयो ।

कक्षा एक देखि १० सम्म दुई सय २३ जना बिद्यार्थीलाई खेलकुद पोशाक बितरण गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयको २ लाख ५० हजार रकमबाट खेलकुद पोशाक खरिद गरिएको हो ।

मुसिकोट नगरपालिका अन्तरगत सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष सुशील गौतमको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच आज पोशाक वितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर १ का कार्यबाहक अध्यक्ष टेक बहादुर बिसी, अन्य बिद्यालयका प्रधानाध्यापकहरु समेतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्