Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अटोमा छुटेको सात लाख रुपैया फिर्ता

tribeni2

दाङ / सोमबार दांगको घोराही उप महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले बैंकबाट सात लाख रुपैया निकाल्नुभयो । पैसा निकालेर पनौरा स्थित घर जाने क्रममा उहाँ एउटा अटोमा चढ्नुभयो । झरेर जानेबेला भने उहाँले बैंकबाट निकालेको सात लाख रुपैया चढेको अटोमा नै बिर्सेर जानुभयो ।

रा १ ह २२१२ नम्वरको अटोका चालकले भने यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गर्नुभएको छ । घोराही उप महानगरपालिका वडा नम्बर १५ बस्ने अटोका चालक विष्णु मगरले आफ्नो अटोमा त्यत्रो पैसा देखेपछि जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो । अटोमा निलो रंगको झोला देखेपछि खालेर हेर्दा रुपैया देखेपछि चालक मगरले प्रहरी कार्यालय बुझाउन उपयुक्त ठानेर जिल्ला प्रहरी कार्यालय जानुभएको थियो ।

चालक मगरले दिएको विवरण अनुसार प्रहरीले सूचना गर्दा राजकुमारकै पैसा अटोमा छुटेको पुष्टि भएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई पैसा बुझाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्