Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेस काउन्सिलमा प्रेस स्वतन्त्रता हननका ३१ घटना अभिलेख

सबैभन्दा बढी घटना बाग्मती प्रदेशमा
tribeni2

काठमाडौ / प्रेस काउन्सिल नेपालले चालु आर्थिक बर्षमा प्रेस स्वतन्त्रता हननका विभिन्न ३१ घटना भएको जनाएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले आज एक विज्ञप्ती मार्फत उक्त जानकारी सार्वजनिक गर्नुभएको हो ।

प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार आ.व.२०७८/०७९ को २०७८ साउन १ देखि २०७८ मङ्सिर मसान्तसम्ममा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका छन् ।

अभिलेखमा गिरफ्तारीका ५, कब्जा/अवरोधका २, आक्रमणका २, धम्की/दुव्र्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना रहेका छन् । प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको छ भने प्रदेश नं.२, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २/२ वटा घटना रहेको छ ।

गत आर्थिक बर्ष ०७७/७८ मा भने ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको प्रवक्ता खनालले जनाउनुभयो ।

काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको छ । प्रेस स्वतन्त्रता हननका घटनाबारे जानकारी गराउन प्रेस काउन्सिल नेपालले अपिल समेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्