Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरकारलाई सभामुखको रुलिङ

काठमाडौं २६ फागुन
tribeni2

सभामुख कृष्णबहादुर महराले टीकापुर घटना छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको कारण संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालले आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरोध गरेपछि सभामुख महराले सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारले आफ्नो कमजोरी सार्वजनिक हुने डरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरेको आरोप लगाए ।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्