Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भेरी अस्पतालको क्वाटरमा कालिकोटका एउटै परिवारका चार जनाको मृत्यु, तीन जना घाईते

tribeni2

नेपालगञ्ज / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा सुतेका एकै परिवारका चार जनाको मृत्यु भएको छ । सोहि परिवारकै अन्य तीन जना घाईते भएका छन् ।
अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराई जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाईते अवस्थामा रहेका धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक खिमबहादुर घर्तीमगरले बताउनुभयो।

परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । यद्यपि मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्