Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोलि मुसिकोटमा 'आरती'

tribeni2

रुकुम पश्चिम / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट बिद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

भोलि शुक्रबार जिल्ला सदरमुकाम मुसिकोटमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको अनेरास्ववियू रुकुम पश्चिमका अध्यक्ष हुकुम बिसीले बताउनुभयो ।

भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख वक्ताको रुपमा अनेरास्ववियूका केन्द्रिय महासचिव आरती लामा आउनुहुने भएको छ । महासचिव लामा शुक्रबार बिहान मुसिकोट पुग्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष बिसीले जानकारी दिनुभयो ।

महासचिव लामा पहिलो पटक रुकुम पश्चिम आउन लागेको आयोजकले जानकारी दिएको छ । उहाँ निडर, हक्कि, स्पष्ट वक्ता र संघर्षबाट स्थापित बिद्यार्थी नेताको रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्