Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक किलो सुन, दुई लाख नगद र चार लाखको चेक सहित जाजरकोटका दुई युवा पक्राउ

tribeni2

नेपालगञ्ज / जाजरकोटका दुई जना युवालाई एक किलो सुन सहित पक्राउ गरिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० को राँझा चोकबाट उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा जाजरकोटको बारेकोट नगरपालिका वडा नम्वर ६ का राजु कार्की र वडा नम्वर ८ का पुर्णबहादुर बस्नेत रहेका छन् ।

राझाँ चोकमा सुनको अवैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन, दुई लाख ७७ हजार नगद र चार लाखको चेक बरामद गरेको प्रहरीले जनाएको छ ।

बुधबार राती नियन्त्रणमा लिएका उनीहरुलाई बिहिबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्