Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घर आउन ९ दिन बाँकि रहेका एक रुकुमेलीको कुवेतमा मृत्यु

भोलि नेपाल शव ल्याईदै
tribeni2

रुकुम पश्चिम / बैदेशिक रोजगारी क्रममा कुबेतमा रहेका एक नेपालीको मृत्यु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ का ४३ बर्षिय महेश घर्तिको हृदयघातको कारण मृत्यु भएको हो ।

पारिवारीक श्रोतका अनुसार गत सोमबार कुबेत स्थित एक अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो । उहाँको शव भोलि शनिबार नेपाल ल्याउने तयारी भैरहेको बताईएको छ ।

महेश त्यहाँको एक कलेजमा सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो । ३ बर्ष पहिला कुबेत जानुभएका उहाँ यहि २० गते नेपाल फर्कने तयारीमा हुनुहुन्थ्यो ।

महेशका आफन्तले दिएको जानकारी अनुसार २० गते नेपाल आउनको लागि उहाँले टिकट लिईसकेको जानकारी घरमा दिनुभएको थियो ।

उहाँका १ श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्