'प्रभाकर' र 'अनन्त'लाई गुटको मात्र नेता बनाउने प्रयत्न बन्द गरौं

नेतृत्वसँग आँखा जुझाएर भन्छु, 'महासचिवमा प्रभाकर नै आजको आवश्यकता हो'
  • नारायण खनाल
नेकपा माओवादी केन्द्रकाे आठौं राष्ट्रिय महाधिवेशन हुदै गर्दा हामी कार्यकर्ताहरूले एउटा न्यास्रो अनुभुती गरिरहेका छौँ । त्यो हो क. अनन्त को अनुपस्थिती । दुर्लभ जन्डिसबाट पीडित उहाँ चिनमा उपचाररत हुनुहुन्छ उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । पार्टी महासचिव प्रभाकर कि अनन्त वा तेस्रो भनेर गरेका बहस अस्वस्थ त भएन ? नेतृत्वको सन्दर्भमा मैले गरेको अनुभुती, तथ्य, बर्तमान अबस्था र सुझाव राख्न चाहान्छु ।
 
१. क. जनार्दन शर्मा "प्रभाकर" त्यस्तो कुशल कमान्डर हो जसले खारा देखि गण्डक सम्म हारिरहेको माओवादी लाई पिलि बाट जुरुक्क उठाए र रणनीतिक प्रत्याक्रमण सार्थकता साबित गरे ।
 
२. क. बर्षमान पुन "अनन्त" त्यस्तो निडर कमान्डर हो जब ढाडमा टेकेर टाउकोमा हान्ने योजना अन्तर्गत अध्यक्ष क.प्रचण्ड बिप्लब लाई उपत्यका बिशेष क्षेत्रको इन्चार्ज बनाउन खोज्नुभयो उनी डराए । उपत्यका क्षेत्रमा काम गर्ने थुप्रै नेता कार्यकर्ता पक्राउ परेको या त सहिद भएको अवस्था र विप्लव ले समेत जिम्मेवारी लिन डराएको अवस्थामा उपत्यकामा म जान्छु भनेर जिम्मेवारी लिने कमान्डर हुन अनन्त ।
 
३. "प्रभाकर " त्यस्तो कुशल र सफल नेतृत्व हो जसले माओवादी कहिले एमालेतिर कहिले कंग्रेस तिर भनेर बिरोधिहरुले धावा बोलिरहेका र हामीलाई जवाफ दिन अप्ठ्यारो परिरहेको बेला १२-१८ घन्टा लोडसेडिङ हटएर उज्यालो नेपाल निर्माण गर्न सफल, जुन कुनै चमत्कार भन्दा कम छैन ।
 
४. माओवादी प्रति अति पुर्बाग्रही के.पि. को मन्त्रीमण्डल मा रहेर के. पि कै मुल्यांकनमा पनि कार्यदक्षतामा अब्बल हुन सफल मन्त्री हो बर्षमान पुन (निस्पक्ष मुल्यांकन भएको भए उहाँ पहिलो नै हो) ।
 
५. जनार्दन शर्मा त्यस्तो संगठक हो जब सारा बिरोधिहरु माओवादी सँग कति नै भोट छ र भनेर निम्छरोमा पार्न खोजेको बेला र हाम्रो पार्टी आफै पनि स्पष्ट हुन नसकिरहेको बेला संगठन बिभागको जिम्मेवारी लिए र पार्टीमा झन्डै ८ लाख पार्टी सदस्यता भएको औपचारिक रेकर्ड तयार गर्दै सिंगो पार्टीमा नयाँ रक्तसञ्चार भरे र बिरोधिहरुमा अहिले त्यही कारण भुइँचालो गएको छ ।
 
६. रुकुममा पार्टीलाई क्लिन सीप जित दिलाउने र रोल्पामा १० मा ७ जिताउन सफल नेताहरू हुन प्रभाकर र अनन्त ।
 
७. समग्र कम्युनिस्ट आन्दोलनमा प्रभाकर सिनियर हुन भने माओवादी पार्टीको पछिल्लो अधिवेशनबाट दिइएको जिम्मेवारीमा अनन्त सिनियर हुन ।
 
८. कुटनीती र शब्द छनौटमा क.अनन्त लाई अब्बल मानिन्छ भने नतिजामुखी काममा क. प्रभाकर लाई ।
 
९. कार्यकर्ता ब्यबस्थापनमा अनन्त अब्बल मानिन्छन् भने जनताको बिचमा सबैभन्दा लोकप्रिय नेता प्रभाकर मानिन्छन् ।
 
१०. दुबैजनाले जनयुद्ध हुँदै शान्ति प्रक्रिया र हालसम्मका सबै घुम्ती मोडहरुमा पार्टी हेडक्वाटरलाई साथ, सहयोग र रक्षा गर्दै आउनुभएको छ ।
 
क. प्रभाकर वा क. अनन्त लाई एउटा गुटको मात्र नेता बनाउने प्रयत्नमा तानातान गर्ने प्रयत्न बन्द गरौं । प्रभाकर र अनन्त लाई एक अर्काको निषेधको रुपमा होईन परिपुरकको रुपमा मुल नेतृत्वको रुपमा बिस्तारै बिकास गर्न हाम्रो पनि भुमिका हुन्छ होईन र ? त्यसैले पार्टी लाई पार्टी भित्रनै भिडाउने होइन बिरोधिहरु सँग भिड्न सक्ने बनाउन यी दुईमध्ये एउटा लाई महासचिव बनाउन उपयुक्त हुन्छ ।
 
निकट भबिस्यमै हामीले तिनै तहको चुनाव फेस गर्नुछ त्यसकारण हामीलाई नतिजामुखी काम गर्न सक्ने मासबेस लोकप्रिय महासचिव चाहिएको छ, अनन्त कमरेडको स्वास्थ्यको अझै केही समय उपचारको आवश्यकता पनि देखिन्छ ।
 
त्यसैले उपाध्यक्षको जिम्मेवारीमा क. अनन्त सहित का कमरेडहरु र महासचिवको जिम्मेवारीमा क. जनार्दन शर्मा प्रभाकर नै आजको आवश्यकता हो । सायद क. अनन्त लाई प्रस्ताव गर्न भने पनि यहि भन्नुहुन्छ जस्तो लाग्छ । यो कुरा म क. अनन्त सहित महासचिवका दाबेदार नेतृत्वहरु सँग आँखामा आँखा जुझाएर भन्न सक्छु ।
 
मेरो यो सुझाव किन्चित पनि पक्षधरताको आँखाबाट निर्देशित छैन र समग्र पार्टीको मामलामा म त्यसरी कहिले पनि सोच्दिन, जुन कुरा महिले मेरो संगठनात्मक जिम्मेवारी प्राप्त गरेको ठाँउबाट पटकपटक प्रमाणित पनि गरेको छु ।
 
कमरेडहरु हामी सबैले गुट भन्दा माथी उठेर नेतृत्व र कार्यकर्ताको मुल्यांकन गरौं पार्टीको आठौं राष्ट्रिय महाधिवेशन ले पनि यहि विधि अबलम्बन गरि नेतृत्व छनोट गर्नेछ र सिँगो पार्टी पंक्तिमा उत्साह र रक्तसञ्चार भर्नेछ ।
 
- (लेखक खनाल अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय सचिव हुनुहुन्छ )
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्