Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ६ हजार बढी बालबालिकाले लगाए मोर्डना खोप

२०७८ पुस १६
tribeni2

रुकुम पूर्व / कोरोना भाइरस बिरुद्धको मोर्डना खोप लगाउन सुरु भएयता रुकुम पूर्वमा ६ हजार बढी बालबालिकाले खोप लगाएका छन् ।

अहिलेसम्मको अवधिमा १२ वर्ष भन्दा माथी र १८ वर्षमुनीका ६ हजार २ सय १६ जना बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

जिल्लाको विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभयो ।

खोप लगाउनेहरुमा सिस्ने गाउँपालिकाका २ हजार ४ सय ५० जना, भूमे गाउँपालिकाका २ हजार ५४ जना र पुथाउत्तरगंगा गाउँपालिकाका एक हजार ७ सय १२ जना बालबालिका रहेका छन् ।

जिल्लामा पुसको ६ गतेबाट १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेबाट १४ गतेसम्म पुथाउत्तरगंगा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो । स्वास्थ्य कार्यालयबाट अहिलेपनि मोर्डना खोप लगाउने कार्यक्रम चलिरहेको छ ।

खोप कार्यक्रम सुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथीका र १८ वर्ष भन्दा कम उमेर समुहका बालबालिका करिब ६ हजारको हाराहरीमा रहेको आकलन गरिएको भएपनि अहिले यो उमेर समुहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अझै धेरै बालबालिका खोप लगाउन बाकी रहेको फोकल पर्सन गिरीले बताउनुभयो । खोपबाट धेरै बालबालिका छुटेको खण्डमा फेरी पनि गाउँपालिकामा पुगेर खोप लगाउने नत्र छुटेकाहरुलाई अब स्वास्थ्य कार्यालयबाटै खोप लगाइने बताइएको छ ।

फोकल पर्सन गिरीले मोर्डना खोप लगाउन छुटेका १२ वर्ष माथी र १८ वर्ष भन्दा कम उमेर समुहका बालबालिकालाई स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन आग्रह गर्नुभएको छ । कार्यालयमा २० गतेसम्म खोप लगाउने कार्यक्रम चल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्