पबित्रा खड्का

पुर्बिय दर्शनबाट सिकेर दर्शन, ज्ञान मात्र हैन हामीबाटै सामान लिएर हामीलाई नै कसरी विकाइरहेका छन् भन्ने कुराको सूची कहाँबाट शुरू गरौं र कहाँ लगेर अन्त्य गरौं भन्ने लाग्छ ।
एउटा उदाहरण हेरौंः युरोप, अमेरिका यस्ता देश हुन् त्यहाँ कि मरुभूमि कि त नौ महिना हिउँ पर्ने भूभाग छन् । जहाँ सिंगो देशमा एकदमै सीमित बोटबिरुवा पाइन्छन् । त्यसैले उनीहरू औषधि बनाउन यहाँबाट सबैथोक लिएर जान्छन् । अनि ट्याबलेट बनाएर प्रयोग गर्छन् ।
हामीले हाम्रै आँगनमा नीमको रूख हुर्काएका छौं र पनि त्यसको पातको निश्चित प्रतिशत मात्र राखेर पश्चिमाले बनाएर पठाएको निम्स किन्न बजार पुग्छौं । यसले पनि हाम्रो चेतको स्तर तय गरेको छ । यस्तै बिजोग राजनीतिमा पनि छ ।
हामीले अभ्यासमा लिएर आएको वैदिक साम्यवादलाई एकठाउँ थन्क्याएर हामी यी माक्र्सले नाम दिएको साम्यवादको रटान लगाइरहेका छौं । अहिले त पत्रकारहरू नै सडकमा आएर आयातितवादको समर्थन र हाम्रो संस्कृतिको विरोधमा खनिएका छन् । यो पनि आँगनमा तुलसी, नीम रोपेर यहींबाट नीम, तुलसी लगेर बनेका ट्याबलेट किनेर खाए जस्तै हो !
- (पबित्रा खड्काको फेसबुकबाट लिईएको)
 
 
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र केसी
२०७८ पुस १६

एसपी ढकाल
२०७८ पुस १६