Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हातमा मसाल बोकेर संविधान जोगाएका हौं, भ्रष्टाचार सहन्नौं : आरती लामा

tribeni2

रुकुम पश्चिम / नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट बिद्यार्थी संगठन अनेरास्ववियूका महासचिव आरती लामाले आफ्नो माउ पार्टी सत्तामा रहेपनि भ्रष्टाचार विरुद्ध सशक्त भएर लड्ने बताउनुभएको छ ।

शुक्रबार रुकुम पश्चिमको मुसिकोटमा भएको अनेरास्वयवियूको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै महासचिव लामाले अघिल्लो ओलि सरकाले गरेको कू का बिरुद्ध हातमा मसाल बोकेर बिद्यार्थीहरु सडकमा उत्रिएको उल्लेख गर्नुभयो ।

उहाँले बिभिन्न कालखण्डमा परिवर्तनको लागि बिद्यार्थीहरु आन्दोलनका मोर्चामा अग्रसर रहेको र ओलि सरकाले गरेको कू का बिरुद्ध लडेर बिद्यार्थीले संविधान जोगाएको ज्युँदो इतिहास रचेको उल्लेख गर्नुभयो ।

भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी महासचिव लामाले दलाल, तस्कर, नोकरशाही पुँजिवादका विरुद्ध लडेको अनेरास्ववियू हिजो, आज र भोलि पनि सर्वहाराको आवाज बन्ने बताउँनुभयो ।

अवस्था परिवर्तनका लागि अबको पुस्ता लड्नुपर्छ : पुन

कार्यक्रमको बिशेष अतिथिको रुपमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष बिमल कुमार पुनले व्यवस्था परिवर्तनका लागि हिजो आफूहरु लडेको र अवस्था परिवर्तनका लागि अबको पुस्ता लड्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला अध्यक्ष पुनले विगतका आन्दोलनले जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अबको युवा तथा बिद्यार्थी पुस्ताले त्यसको लागि थप क्रान्ति गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष हुकुम बिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष भावना शर्माले गर्नुभएकाे थियो भने कोषाध्यक्ष रमेश मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्