Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा श्रीमानको साथमै रहेकी एक महिलाको 'रहस्यमय' मृत्यु

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ झुलामा एक महिलाको 'रहस्यमय' मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजे २६ बर्ष कि कमला खनाल आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको बताईएको छ ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती कसरी झुण्डिएर मरिन् भन्ने कुरा शंकास्पद रहेको हो । संगै रहेका श्रीमानले श्रीमती मरेको भनिसकेपछी परिवारका अन्य सदस्यले थाह पाएका थिए ।

खबर सुन्ने बित्तिकै कोठामा जाँदा कमलाले आफ्नै बर्को (सल)ले झुन्डिएको अवस्थामा फेला परेपछी प्रहरीलाई खबर गरेको जनाइएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ बर्षका दिपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै पुगेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

आशंका गरिएका कमलाका श्रीमान् दिपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्