Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनेरास्ववियुका जिल्ला सदस्यलाई बलात्कार प्रयासको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ

tribeni2

रुकुम पूर्व / एक किशोरीलाई बलात्कार प्रयासको आरोपमा अखिल क्रान्तिकारी रुकुम पूर्वका एक नेता पक्राउ गरेका छन् । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष तिलकराज रसाईलीलाई बलात्कार प्रयास आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार रसाईली बिरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ । आरोपित सिस्ने गाउँपालिका वडा नम्वर २ निवासी रसाइलीलाई पक्राउ गरेर जिल्ला अदालत रुकुमकोटबाट शुक्रबार ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

उनीमाथी उनको भतिजि नाता पर्ने एक १७ बर्षिय किशोरी माथी बलात्कार प्रयासको आरोप लागेको छ । गत बुधबार राती १ बजे किशोरी सुतेको कोठामा गएर रसाईलीले बलात्कार प्रयास गरेको बताईएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुकुम पूर्वले शुक्रबार एक बिज्ञप्ति जारी गरेर आफ्नो संगठनको जिल्ला कमिटी सदस्य माथी बलात्कार प्रयास भएको भन्दै बिरोध गरेको छ ।

कक्षा १० मा अध्ययनरत उनीमाथी रसाइलीले बलात्कार गर्ने मनसायका साथ हातपात तथा आक्रमण गरेको र आक्रमणमा परि किशोरी घाईते भएको भन्दै जिल्ला अध्यक्ष रामचन्द्र केसीले पीडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्