Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोइला बालेर सुतेको बेला निसास्सिएर दाङमा एक जनाको मृत्यु

tribeni2

दाङ / गए राति सुतेको बेला दाङको देउखुरीमा निसास्सिएर एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ अमिलियाका करिब २९ वर्षीय कुसुम सुनारको निसास्सिएर गएराति ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सुनार केही महिना यता अमिलियाको एक होटलमा खाना बनाउने काम गर्दै आएका थिए । दिनभरि होटलको काम सकेर साँझ श्रीमान श्रीमती सँगै सुतेको र बिहान श्रीमती उठेर श्रीमानलाई बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

कोठा भित्र कोइला बालेर सुतेको कारण निसास्सिएर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । श्रीमतीलाई अक्सिजनको मात्रा कमि भएको जस्तो देखिएकाले उपचारका लागि लमही पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्