Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्याब्सन कर्णालीको अध्यक्षमा खड्क कुँवर चयन

tribeni2

सुर्खेत / निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को कर्णाली प्रदेश अध्यक्षमा खड्कबहादुर कुँवर चयन हुनुभएको छ ।

शनिबार कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न प्याब्सन कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट कुँवर अध्यक्षमा चयन हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष कुँवर श्री न्यु मुनलाईट सकेन्डरी बोर्डिङ्ग स्कुल मुसिकोट रुकुम पश्चिमका प्रिन्सिपल हुनुहुन्छ ।

निर्विरोध रूपमा निर्वाचित प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा सुवास थापा, उपाध्यक्षमा नोख बहादुर खत्री र झलक बुढा, सचिवमा बेद प्रकाश ढकाल, सहसचिवमा प्रकाश शाही, कोषाध्यक्षमा हरि प्रशाद रेग्मी र सहकोषाध्यक्ष वीर बहादुर बुढाथोकी चयन हुनुभएको प्याब्सन रुकुम पश्चिमका अध्यक्ष  बिमल शर्माले जानकारी  दिनुभयाे । 

त्यसैगरी सदस्यहरुमा कमलराज ओली, सुरेश पुन चयन हुनुभएको छ । अन्य दुई जना सदस्य कार्यसमितिले मनोनित गर्ने जनाईएको छ ।

यो कार्यसमिति कार्यकाल ३ बर्षको रहने जनाईएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्