Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडक्रसको सभापतिमा गौतम विजयी

मन्त्रीमा बलबिर र काेषाध्यक्षमा यज्ञ विजयी
tribeni2

रुकुम पश्चिम / नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सभापतिमा रमा गौतम विजयी हुनुभएको छ । हिजो शनिवार राती मुसिकोटमा सार्वजनिक भएको मत परिणाम अनुसार गौतम दोश्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो ।

सभापति, मन्त्री र कोषाध्यक्ष पदको लागि मतदान भएको र अन्य पदहरुमा सहमति मार्फत नेतृत्व चयन भएको निर्वाचन अधिकारी तथा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका महासचिव कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

सभापति पदमा ३४ मत ल्याएर गौतम विजयी हुनुभएको हो । सभापति पदका अर्का उमेद्वार टेकबहादुर खड्काले १४ मत प्राप्त गर्नुभएको थियो । ६३ जना मतदाता रहेकोमा ४९ मात्रै मत खसेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी २७ मत प्राप्त गरेर बलबिर पुन मन्त्री पदमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सुरेश खत्रीले २१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदमा यज्ञबहादुर केसीले ३३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । कोषाध्यक्षका अर्का उमेदवार तेजबहादुर बटालाले १४ मत प्राप्त गर्नुभएको छ ।

अन्य पदहरुमा सहमति भएको निर्वाचन समितिले जनाएको छ । जसअनुसार उपसभापतिमा गणेशमान डाँगी र दिपा डाँगी खड्का र उपमन्त्री गोपाल लामिछाने र उपकोषाध्यक्षमा मेवालाल ओली चयन हुनुभएको छ ।

जिल्ला कार्यसमितिको सदस्यहरुमा सदस्यहरुमा शिवराम खत्री, बसन्त नेपाली, प्रेमबहादुर ओली, हरिहर केसी, लिला गौतम, सुनिता बिष्ट गौतम, तिलसरा ओली डाँगी, रामबहादुर खड्का, खड्कबहादुर केसी, धनबिर केसी चयन हुनुभएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्