Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निजामती कर्मचारी युनियनको अध्यक्षमा ओली

२०७८ पुस १८
tribeni2

रुकुम पूर्व / नेपाल निजामती कर्मचारी यूनियन रुकुम पूर्वको अध्यक्षमा दशरथ ओली निर्वाचित हुनुभएको छ ।

शनिबार रुकुमकोटमा भएको यूनियन रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशनले ओली अध्यक्षमातामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा खुल्लातर्फ धन बहादुर अधिकारी, महिलातर्फ नमुना पुन मगर, समावेशीतर्फ अनुराधा झा, सचिवमा थल बहादुर बस्नेत चयन हुनुभएको छ ।

त्यस्तै सह सचिवमा नरेश कुमार वली र कोषाध्यक्षमा गणेश वली निर्वाचित हुनुभएको छ । अन्य सदस्यहरुमा छविलाल घर्ति मगर,डिला भुषाल, सर्वजीत पुन, दिपा खड्का, थलवीर कसेरा, शुरेन्द्र प्रसाद यादव, दिल बहादुर खड्का, ओपेन्द्र ओली, गोपाल केसी, तुल बहादुर विष्ट रहनुभएको छ ।

साथै विश्व केसी र निर्मला शर्मालाई महाधिवेशन प्रतिनिधिमा छनौट गरिएको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्