Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिउँमा रमाउनेको लर्को (फोटो फिचर)

लोकप्रिय बन्दै मध्यपहाडी लोकमार्ग
२०७८ पुस १८
tribeni2

रुकुम पश्चिम हुँदै रुकुम पुर्व देखि बाग्लुङ जोड्ने मध्यपहाडी लोक मार्गमा दिनहुँ आन्तरिक पर्यटकको घुइँचो बढिरहेको छ । हिउँले लोकमार्ग वरपरको डाँडाकाँडा बोटबिरुवा र सडक भरी सेताम्य हुँदा अति नै आकर्षक देखिएपछि हिउँ खेल्नेहरुको लर्को लाग्ने गरेको छ ।

गत बुधबार र बिहीवार बाक्लो हिउँ परेपछि अहिले रुकुम पश्चिमको मुसिकोट ८ स्थित गर्पाभुरी , रुकुम पूर्वको लुकुम, महत हुदै बाग्लुंग सिमाना पाथीहाल्न अधिकांशको रोजाई स्थल बनेका छन् ।

रुकुम पुर्व रोल्पा र बाग्लुङ को सिमाना पातिहाल्न बाह्रै महिना पर्यटकको रोजाइमा रहेता पनि अहिले झन् सेताम्य हिउका कारण हरेक दिन हिउँ खेल्न जानेहरुको संख्या बढ्दो छ । विगतका वर्षमा सिमाना पातीहाल्नामा आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेकामा अहिले भने बाक्लो हिउँको कारण त्यहाँसम्म मान्छे पुग्न मुश्किल भैरहेको बताईएको छ ।

अहिले भूमे गाउँपालिका १ को लुकुम, रुपगा आसपासको क्षेत्रमा हिउँ खेल्नेहरुको भिड देख्न सकिन्छ । रुकुम पूर्वकै सिस्ने गाउँपालिकाका बिभिन्न स्थान, पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांश स्थान हिउँले सेताम्य भएका छन् ।

हिउँमा रमाउन गएका आन्तरिक पर्यटकहरु भने बास बस्न तथा उपयुक्त खाजा खाने होटेलहरुको असुविधा भएको बताउँछन् । यद्यपी त्यहाँसम्म पुग्ने पर्यटकहरु आफ्नो बन्दोबस्तीका साथ जाने गर्दछन ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्