Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस सभापति र प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

tribeni2

जाजरकाेट / जाजरकोट प्रहरीले आईबार बिहान जुवाखालबाट नेपाली काँग्रेसका नगर सभापति, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनालाई पक्राउ गरेको छ ।

जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ति, काँग्रेसका नगर सभापति शशि बुढा सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार भेरी नगरपालिकाका  ६ का वडा सचिव प्रचण्डजंग शाह, रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्मचारीहरु कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेल, विकास विसी, बालकृष्ण बुढाथोकी जुवाखालबाट पक्राउ परेका हुन् ।

जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएकाे छ । जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हाे।

पक्राउ परेका उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्