Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घाँटि थिचेर श्रीमतीको हत्या

tribeni2

रुकुम पश्चिम / गत शुक्रबार राती आफ्नै घरको कोठामा झुण्डिएर मृत्यु भएकी भनिएकी जिल्लाको बाँफिकोट गाउँपालिकाकी एक महिलाको हत्या भएको बताईएको । बाँफिकोट गाउँपलिका वडा नम्बर   निवासी २६ बर्षकी कमला खनाललाई उनकै श्रीमानले हत्या गरेको प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट कमलाका श्रीमान दिपक खनाल भन्ने दलजित खनालले घाँटी थिचेर हत्या गरेको खुल्न आएको

शुक्रबार राती करिब १० बजे दिपकले श्रीमतीको हत्या गरेर उनकै सलले कोठामा झुन्डाईदिएकाे बताइएकाे ५ । 

आफ्नै घरको एउटै कोठामा सुतेका उनले श्रीमतिको हत्या गरेपछी आत्महत्या गरेको भन्दै परिवारका अन्य सदस्यलाई खबर गरेका थिए

परिवारका अरु सदस्यहरु भान्सामा रहेको श्रीमान श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती कसरी झुण्डिएर मरिन् भन्ने कुरा शंकास्पद रहेको भन्दै परिवारका सदस्यले सोही बेलै दिपकप्रति शंका गरेका थिए

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माको नेतृत्वमा जिल्लाबाट खटिएको अनुसन्धान टोलिले दिपकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको थियो

पक्राउ परेका दिपकलाई जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिएर घटनाको थप अनुसन्धान गरिरहेको पोष्टमार्टम रिपोर्टआएपछि थप कुरा स्पष्ट हुने प्रहरी निरीक्षक शर्माले बताउनुभयो

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्