Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक सय तीन जना जेष्ठ नागरिकलाई सम्मान र स्वास्थ्य जाँच

tribeni2
  • केशर पुन मगर

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आर्थिक बर्ष ०७८/७९ को कार्यक्रम अनुसार वडाका दलित जेष्ठ नागरिक र ७० बर्षमाथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरि सम्मान गरिएको हो ।

वडाका दलित जेष्ठ नागरिक १५ जना र ७० बर्षमाथिका ८८ जना जेष्ठ नागरिक गरी १०३ जना जेष्ठ नागरिकलाई आइतबार उलन ज्याकेट बितरण गरिएको वडा सचिब बिष्णु कुमार डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोमा जेष्ठ नागरिकलाई न्यानो होस् भन्नका लागि न्यानो कपडा उलनको ज्याकेट वितरण गरिएको छ ।

त्यस्तै कार्यक्रममा सानीभेरी गाउँपालिका वडा नम्बर ९ हाँसिबाङ निबासी ९२ बर्षिय लिलाधर डाँगीलाई सम्मान पत्रले सम्मान गरिएको छ । वडाका सबैभन्दा जेष्ठ नागरिक भएकोले डाँगीलाई वडा कार्यालयले सम्मान गरेको हो ।

जेष्ठ नागरिकको स्वास्थ्य जाँच

उक्त कार्यक्रममा वडाका जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको छ । बुढेसकालमा बृद्धबृद्धालाई स्वाशप्रश्वास वा अन्य रोग देखापर्ने भएकोले स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष शेर बहादुर खड्काले बताउनुभयो ।

वडा अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रममा सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपाल सिं बिष्टको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन वडा सचिब बिष्णु कुमार डाँगीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्