Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देवरले भाउजूलाई भगाएर भारत लगेपछि .....

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यानमा देवरले भाउजूलाई भगाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ व्युरेणीका ३५ वर्षका देवर विजय रानाले ३० वर्षीय भाउजू शान्ती रानालाई विवाह गरेर लिएको उनका भाइ नरेश रानाले जानकारी दिएका छन् ।

विजयले ठुलोवुवाको छोरा दाइ डिलबहादुर रानाको श्रीमती भाउजू नाता पर्नेलाई पुस ११ गते भगाएर भारत लगेको भाइ नरेशले बताएका छन् ।

देवर विजय राना भाइको घर निर्माण गर्न भनी वनकट्टी बाँकेमा केही दिन अगाडि देखि बसेको र भाउजू शान्ती रानाले घर देखी नेपालगन्जमा उपचार गर्न लगायत लालपुर बाँकेमा निजको नाममा रहेको पाँच कट्ठा जमिनको धान बेच्न र बर्दिया आफ्न्तीहरुलाइ भेट्न जान्छु भनी घरबाट बहाना गराएर गएको विजयकी श्रीमती दिपा रानाले बताएकी छन् ।

शान्ती रानाका श्रीमान बिदेशमा गएको ६ वर्ष भएको छ । उनका दुई छोराहरुकोको घरमा बिचल्ली भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्