Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादीको केन्द्रीय कमिटीमा रुकुम पश्चिम र रुकुम पूर्वबाट पाँच/पाँच जना छनौट

tribeni2

काठमाण्डौ / दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । गएको पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार सकिएको हो ।

महाधिवेशनले दुई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको छ । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको हो ।

बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने भोलि सोमवार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट टुङ्ग्याइने जनाइएको छ । माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्नेछ ।

आठौँ राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटीमा रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम लक्ष्मी पुन छनौट हुुनुभएको छ । गौतम र पुन केन्द्रिय समितिमा नयाँ हुनुहुन्छ भने जनार्दन, राजकुमार र बसन्त यस अघि पनि केन्द्रिय समितिमा हुनुहुन्थ्यो ।

त्यसैगरी रुकुम पूर्वबाट गणेशमान पुन, दलजित शेर्पाली, कमला रोका, तेजबहादुर ओली र सुबोधराज शेर्पाली चयन हुनुभएको छ । उहाँहरु मध्य सुबोध केन्द्रिय कमिटिमा नयाँ हुनुहुन्छ ।

 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्