Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साता दिनदेखि हिउँमा फसेका १४ मजदुर ओढारमा भोकै, उद्धारको पखाईमा

आजै उद्धार हुन्छ : प्रजिअ
२०७८ पुस १९
tribeni2

रुकुम पूर्व / सडक निर्माणको काममा लागेका यहाँका १४ जना कामदारहरु एक साता देखि हिउँमा फसेका छन् । लगातारको परेको बाक्लो हिउँको कारण उनीहरु ओढारमा बसेको बताईएको छ ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु सात दिन देखी हिउँमा फसेका छन् । गाउँपालिकाको वडा नम्बर २ मा स्थानीय सडक निर्माणका लागि खटिएका उनीहरु गत १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । उनीहरुको साथमा रहेको राशन पनि सकिएको जनाईएको छ ।

हिउँमा फसेकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन सात दिन देखि ओढारमा बसिरहेका छन् ।

साता दिनसम्म उनीहरुको साथमा रहेको खाने राशन पनि सकिएकाले समस्या भएको बताइएको छ । सूचनाको पहुँच नहुँदा बेलैमा खबर आउन नसकेको जनाईएको छ ।

वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरु काम गर्ने ठाउँमै फसेको भनेर हिजो आईतबार मात्रै खबर आएको थियो । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनिहरु बाक्लो हिउँका कारण आउन नसकेका हुन् ।

आजै उद्धार हुन्छ : प्रजिअ

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले आईतबार बेलुका मात्रै खबर आएकाले उनिहरुको उद्धारको पहल भइरहेको जानकारी दिनुभयो ।

हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन आग्रह गरिएको र आजै उहाँहरु बसेको गोठ वा ओढार पहिचार गरेर आजै उद्धार गरिने प्रजिअ बास्कोटाले बताउनुभयो । जसका लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा रहेको उहाँको भनाई छ ।

सुरुमा हिउँ पग्लेला र जाउँला भनेर खबर नगरेको र पछि बाक्लो हिमपात भएपछि गोठ वा ओढारको सहायतामा बसेको सूचना आएको प्रजिअको भनाई छ । आज दिनभरमा कामदारहरुको उद्धार भैसक्ने समेत प्रजिअ बास्कोटाले जनाउनुभयो ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्