Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिउँमा फसेका मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार (तस्बिरमा मजदुरहरु बसेको ओढार क्षेत्र)

२०७८ पुस १९
tribeni2

रुकुम पूर्व / एक साता देखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ जना मजदुरहरु सात दिन देखी हिउँमा फसेका थिए ।

हिजो आईतबार मजदुरहरु हिउँमा फसेको थाहा पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन पहल गर्नुभएको थियो । आज दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँहरुलाई सकुशल उद्धार गरेको प्रजिअ बास्कोटाले बताउनुभयो ।

हिउँमा फसेकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उहाँको गाउँ पेल्मामा छोेडिएको छ ।

उहाँहरु सबैको अवस्था सामान्य रहेको जनाईएको छ । हिउँमा फसेका सबैजना नजिकैको ओढारमा बसेको बताईएको छ ।

गाउँपालिकाको वडा नम्बर २ मा स्थानीय सडक निर्माणका लागि खटिएका उनीहरु गत १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनिहरु बाक्लो हिउँका कारण आउन नसकेका हुन् । मजदुरहरु ओढारमा बसेको भुस्तुङ भन्ने ठाउँ पेल्मा गाउँबाट करिब ३ दिनको पैदल दुरीमा रहेको छ ।

मजदुरहरु बसेको ओढार भएको ठाउँ
मजदुरहरु बसेको ओढार भएको ठाउँ

फोटो सौजन्य : नविन दाहाल

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्