Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

tribeni2

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ ।

भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

उनीमाथि गोली प्रहार गर्नेहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी खबरमा उल्लेख गरिएको छ ।

उनले भनेकी छिन्, ‘मेरो गाडीका चालकको कन्चटमा पेस्तोल राखे, मैले जब उनीहरुलाई चड्कन हानेँ । उनीहरुले मलाई गोली हाने । गोली मेरो खुट्टामा लाग्यो । त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’ गएको

नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् ।

कालो झण्डा देखाएको भन्दै यादवलाई पक्राउ गरेको थियो । पक्राउ गरेको दुई दिनपछि उनलाई रिहा गरिएको थियो । यो घटनाको एक महिना पछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् । तर, गोली प्रहार भएको यो घटना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटनासँग सम्बन्धित रहे नरहेको खुल्न बाँकी छ । 

फाेटाे स्राेत : यूपी टक 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्