Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सँगै गोठाला गएका साथीले कुटेर भिरबाट खसालेपछि ....

दुई जना बालक प्रहरी नियन्त्रणमा
२०७८ पुस २०
tribeni2

रुकुम पूर्व / सोमबार गाई चराउन जंगलमा गएका एक बालकको मृत्यु भएको छ । संगै गोठाला गएका साथीसँग एक आपसमा झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर १ लुकुमका ८ बर्षका बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङगलमा गाई चराउन गएका उनका ९ बर्षका एक साथीसँग झगडा हुँदा ८ बर्षका बालकलाई कुटपिट गरी भिरबाट धकेलेका थिए ।

भिरबाट खसालेपछि ८ वर्षीय बालक गम्भिर घाइते भएका थिए । डिएपी श्रेष्ठले दुबै जना बालकको नाम खुलाउन नमिल्ने बताउनुभयो ।

घाइते बालकलाई आफन्तले सोमबार बेलुका ७ : ३० बजे रुकुम पूर्व अस्पतालमा ल्याईएका थिए । अस्पताल पुर्याए लगत्तै डाक्टरहरुले उनलाई मृत घोषणा गरेका हुन् ।

उनको टाउको, छाती र घाँटीमा गम्भिर चोट लागेको थियो । कुटपिट गरेर भिरबाट खसाल्ने ९ वर्षीय बालक र सँगै गोठाला गएका अर्का ८ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्