Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुत्केरीलाई भाले र घिउ उपहार

tribeni2

कपिलवस्तु / सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्ने सन्देश दिन कपिलवस्तुमा सुत्केरीलाई कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ ।

वाणगंगा नगरपालिका १ ले वडाभित्रका स्वास्थ्य संस्थामा प्रसुती गराएका ५५ जना आमाहरुलाई उक्त उपहार प्रदान गरेको हो ।

वडाअध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले प्रत्येकलाई लोकल कुखुराको भाले र एक केजी घिउ उपहारस्वरुप प्रदान गर्नुभएको छ ।

सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश फैलाउने उद्देश्यको निम्ति नयाँ खालको कार्यक्रम ल्याइएको अध्यक्ष पौडेलले बताउनुभयो ।

चालु आर्थिक वर्षभित्र वडाका सुत्केरीलाई लक्षित गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलनसमेत अन्त्य भएको छ ।

विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहारसुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्यप्रति गरिने खर्चलाई बोझको रुपमा नलिई लगानीको रुपमा लिन यस्तो व्यवस्था गरिएको वडासचिव नरेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्