चरेशसहित एकजना पक्राउ

डडेल्धुरा २६ फागनु

डडेल्धुरा प्रहरीले लागूऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदरमुकाम तुफानडाँडास्थित आर.के.फास्ट फुड नास्ता पसलका संचालक ३६ वर्षीय बहादुर सिंह खड्का रहेका छन् ।

चरेश आफ्नो पसलमा लुकाई छिपाइ राखि स–सानो प्याकेट बनाइ विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा आइतबार दिउँसो उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्